युक्रेनका राष्ट्रपति जेलेन्स्कीकी श्रीमती युद्धको बीचमा किन अचानक अमेरिका पुगिन् ?
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्का उच्चस्तरीय बैठक र कंग्रेसलाई सम्बोधन गर्न अमेरिकाको भ्रमणमा छिन् ।
चार महिनाअघि भोलोडिमिर जेलेन्स्की आफैंले अमेरिकी संसदलाई भर्चुअल सम्बोधन गरेका थिए ।
ह्वाइट हाउसका अनुसार, ओलेना जेलेन्स्काले सोमबार विदेश सचिव एन्टोनी ब्लिन्केनसँग र मंगलबार राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरिन् । बाइडेनले यसअघि मे महिनामा युक्रेनको भ्रमण गरेका थिए ।
ओलेनाले पनि अमेरिकी संसदमा सांसदहरुलाई पनि सम्बोधन गर्नेछिन् । उनीससँग युक्रेनको सरकारमा कुनै आधिकारिक विभाग छैन तर युक्रेनमा रुसले युद्ध सुरु गरेको करिब पाँच महिना भइसकेको छ ।
यस्तो अवस्थामा युक्रेनले अमेरिकाबाट थप सैन्य सहयोग र राजनीतिक सहयोग चाहन्छ ।
कंग्रेसले युक्रेनलाई करिब ४० अर्ब डलरको सहायता स्वीकृत गरिसकेको छ, जुन सेप्टेम्बरको अन्त्यसम्ममा पूर्ण रूपमा प्रदान गरिनेछ ।
ओलेना जेलेन्स्काले युएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टकी प्रमुख सामन्था पावरसँग पनि भेट गरेकी छन् । एजेन्सीले युक्रेनी सरकारलाई र मानवीय आवश्यकताहरूको लागि अरबौं डलर दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म