शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाँके र बर्दियामा भारी वर्षा, आकस्मिक बाढीको जोखिम

बुधबार, ०४ साउन २०७९, १० : ०२
बुधबार, ०४ साउन २०७९

बाँके र बर्दियाका धेरै स्थानहरूमा आज बिहान भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाँकेका ढकेरी र खजुरा, बर्दियाका राम्बापुर, रानीजरुवा नर्सरी र गुलरिया तथा आसपासका धेरै स्थानहरूमा भारी वर्षा मापन गरिएको हो ।

आगामी तीन घण्टा यस क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकोले उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी समेत आउन सक्ने जनाइएको छ ।

खोला आसपास र होचा स्थानहरूमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप