बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

नाबालिगलाई बलात्कार गरेर फरार रहेका एकजना पक्राउ

बुधबार, ०४ साउन २०७९, ०९ : २९
बुधबार, ०४ साउन २०७९

नाबालिगलाई बलात्कार गरेर फरार रहेका बर्दिया जिल्लाको गुलरिया नगरपालिका-१२ बस्ने अन्दाजी ४० वर्षका  श्रीराम चमार पक्राउ परेका छन् । चमारमाथि गत चैत १५ गते सोही स्थान बस्ने ६ वर्षकी नाबालिगलाई घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको आरोप छ ।

घटनाको सूचना पाएपछि ​चमारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालित गरे पनि उनी घटनास्थलबाटै फरार रहेका थिए । उनको खोजतलास गर्दै जाने क्रममा लुकिछिपी बसेको अवस्थामा साउन २ गते पक्राउ गरिएको  प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार चमारलाई जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप