शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अपांगता भएका व्यक्तिलाई जीविकोपार्जनका लागि कृषि सामग्री वितरण

बुधबार, ०४ साउन २०७९, ०९ : ०८
बुधबार, ०४ साउन २०७९

जुम्लामा अपांगता भएका व्यक्तिहरूको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले कृषि सामग्री वितरण गरिएको छ । सामाजिक विकास कार्यालय जुम्ला सहयोग तथा अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाको समन्वयमा कृषि सामग्री वितरण गरिएको हो ।

अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्ला महासचिव रामकृष्ण न्यौपानेका अनुसार आवश्यकता र क्षमताका आधारमा कृषि सामग्री वितरण गरिएको छ। कृषि सामग्री ग्रिन हाउस, थोपा सिँचाइ, हजारी र १० प्रकारको सागपातको बिउ विजन उपयोग र उत्पादन गर्नसक्ने अपांगता भएका व्यक्तिलाई वितरण गरिएको हो । १६ जना अपांगता भएका व्यक्तिलाई यस्ता कृषि सामग्री वितरण गरिएको छ । 

यस्तै, आवश्यकताका आधारमा ४० जनालाई हेयर मेसिन र ६० जना अपांगता भएका व्यक्तिलाई लौरो वितरण गरिएको अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाले जनाएको छ । सामाजिक विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख टंकप्रसाद न्यौपानेले अपांगता भएका व्यक्तिको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यका साथ कृषि सामग्री सहयोग गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप