श्रीलंकामा आज राष्ट्रपति निर्वाचन
बुधबार, ०४ साउन २०७९, ०६ : ३१
श्रीलंकाको संसदले आज नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ ।
राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन् ।
अभूतपूर्व आर्थिक संकटका कारण महिनौंदेखिको प्रदर्शनपछि राजापाक्षेलाई सेनाले उद्धार गरेर अज्ञात स्थल लगेको थियो । उनी माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए । सिंगापुर सरकारले राजापाक्षेलाई शरण नदिएको बरु उनी निजी भ्रमणका क्रममा त्यहाँ आएको बताएका छन् ।
आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शानदार म:ममा ग्यास सिलिण्डर विस्फोट, तस्बिरहरू
-
सिजनको पहिलो उपाधि जित्ने आर्सनलको सपना चकनाचुर, सेमिफाइनलमा न्युक्यासलसँग स्तब्ध:
-
धनगढीको नोभा हस्पिटलमा बिरामी कुरुवा बसेका राना मृत भेटिए
-
ग्रे–लिस्ट पर्दैमा आजको भोलि नै ढोका लाग्छ भन्ने हुँदैन
-
कमलपोखरी स्थित एक खाजा घरमा ग्यास विस्फोट, ११ जना घाइते
-
प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने