आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

बीमा कम्पनीहरूको सङ्ख्या ५० प्रतिशतले घट्ने

बुधबार, ०४ साउन २०७९, ०६ : २१
बुधबार, ०४ साउन २०७९

नेपालमा सञ्चालित बीमा कम्पनीहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले घट्ने भएको छ । नियामक बीमा समितिले कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा लाग्दा सङ्ख्या घट्ने भएको हो ।

समितिका अनुसार अहिलेसम्म अहिले १९ वटा जीवनतर्फ र २० वटा निर्जीवनतर्फ गरी कुल ३९ वटा बीमा कम्पनी सञ्चालनमा रहेकोमा १७ वटा कम्पनीले मर्जरका लागि सैद्धान्तिक सहमति लिइसकेका छन् । दुईवटा कम्पनीले एकीकृत कारोबार सुरु गरिसकेका छन् । बीमा क्षेत्रकै पहिलो मर्जर एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको संयुक्त कारोबार आइतबारदेखि सुरु भइसकेको छ । बीमा समितिले तोकेको न्युनतम दुई अर्ब ५० करोड पुँजी कायम गर्न कम्पनीले स्वापबाट बचेको प्रिमियमको सदुपयोग गर्नेछ । कम्पनीले प्रिमियमका साथै आम्दानीबाट २६ करोड रुपियाँ बराबरको बोनस सेयर वितरण गरेर चुक्तापुँजी दुई अर्ब ५० करोड रुपियाँ कायम गर्ने भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप