मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारभित्र पत्राचारको बेहाल, वल्लो घरले पल्लोलाई लेखेको चिठी दुई वर्षदेखि बेपत्ता

बुधबार, ०४ साउन २०७९, ०६ : १७
बुधबार, ०४ साउन २०७९

सिंहदरबारस्थित संघीय संसद् सचिवालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आँगन एउटै छ । एउटै आँगन भएका दुई भवनमा बसेका सरकारी कार्यालयका अधिकारी यताबाट उता पठाउने उताका आउला भनेर कुरेको दुई वर्षभन्दा बढी भयो तर मन्त्रालयको चिठी संसदीय समितिमा पुग्न सकेको छैन । 

पर्यटन मन्त्रालय मातहत रहेको तारागाउँ विकास समितिले उक्त मन्त्रालयमार्फत संसद् सचिवालयको दोस्रो तलामा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई २०७७ जेठ १९ गते लेखेको पत्र अझै समितिको टेबुलमा पुग्न सकेको छैन । 

पछिल्लो समयमा पत्र खाम बन्दी गरेर कार्यालय नजिक भए कर्मचारीले बुझाउन जाने र इमेलमार्फत पनि पत्राचार गर्ने प्रचलन आइसकेको छ । सरकारले डिजिटल नेपालको अवधारणाअनुसार कागज विहीन सरकारी कार्यालय बनाउने योजना अघि सारिरहेको बेला सिंहदरबारभित्रै आँगन जोडिएका भवनको चिठी यति ढिलासुस्ती होला भन्ने कसैले पनि अनुमान गर्न सक्दैन । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप