शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

फोहोर वर्गीकरण गर्न चन्द्रागिरि नगरपालिकाको आग्रह

मङ्गलबार, ०३ साउन २०७९, २२ : ०१
मङ्गलबार, ०३ साउन २०७९

चन्द्रागिरि नगरपालिकाले फोहोर वर्गीकरण गर्न आम नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीको संयोजकत्वमा आज बसेको नगर कार्यपालिकाको बैठकले शून्य फोहोर अवधारणा साकार पार्न फोहोर वर्गीकरणलाई प्राथमिकता दिन आग्रह गरेको हो ।

बैठकले कालो झोलामा कुहिने फोहोर, रातो झोलामा सिसा र सिसाजन्य फोहोर, हरियो झोलामा प्लाष्टिकजन्य फोहोर, सेतो झोलामा कागजजन्य फोहोर, नीलो झोलामा फलाम र कवाडीजन्य फोहोर र पहेँलो झोलामा स्यानिटरी प्याड र डाइपरजन्य फोहोर वर्गीकरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय साउन ४ गतेदेखि नै लागू हुने नगरप्रमुख गिरिले बताए ।

चन्द्रागिरिले शून्य फोहोर अभियानअन्तर्गत उल्लिखित झोलाहरु वडा कार्यालय तथा टोल सुधार समितिमार्फत निःशुल्क वितरण गरिने बताएको छ । सो नगरपालिकाले फोहोरको रकम तोकिएको समयमा बुझाउनसमेत आम नगरवासीलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप