कैफियतवाला न्यायाधीशमाथि कारवाही तीब्र, बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वोच्च तानिए
न्यायमा मोलाहिजा गर्ने र फैसलामा कैफियत देखिएका न्यायाधीशमाथि कारवाही तीब्र बनाएका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले अर्का एक न्यायाधीशलाई सर्वोच्च तानेका छन् । बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई कामु प्रधानन्यायाधीश कार्कीले मंगलबार सर्वोच्च अदालत काजमा तानेका हुन् ।
पटकपटक कैफियत फैसला दिएको, कार्यक्षमताको अभाव रहेको र खराब आचरण देखिएको भन्दै अधिकारीविरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो । हालसालै गरिएको एक फैसलामा पनि कैफियत पाइएपछि उनलाई न्याय सम्पादनबाट बाहिर निकाल्न सर्वोच्च अदालत काजमा तानिएको सर्वोच्च अदालत स्रोतले बतायो ।
न्यायाधीश अधिकारीमाथि यसअघि महोत्तरी र सप्तरी जिल्ला अदालतमा रहँदा पनि न्यायिक विचलन र कार्यक्षमताको अभावमा छानबिन भएको थियो । सर्वोच्च अदालतका न्यायाधीश नै संलग्न रहेको छानबिन समितिले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्न सिफारिस गरेको थियो । तर तत्कालीन समयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कारवाही नगरी उनलाई उन्मुक्ति मात्रै दिएनन्, पुरस्कारस्वरुप बाँके जिल्ला अदालतमा सरुवा गरेका थिए ।
बाँके जिल्ला अदालतमा गएपछि पनि उनले न्यायमा मोलाहिजा गर्न बन्द नगरेको र पटकपटक न्यायिक विचलन आउने फैसला गरेको भन्दै उनलाई कामु प्रधानन्यायाधीश कार्कीले न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरी सर्वोच्च अदालत काजमा तानेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण