सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्डका अध्यक्षसहितको टोलीबाट भारतीय पुँजी बजारको अध्ययन

मङ्गलबार, ०३ साउन २०७९, १५ : ००
मङ्गलबार, ०३ साउन २०७९

धितोपत्र बोर्डका अध्यक्षसहितको टोलीबाट भारतीय पुँजी बजारको अध्ययन भ्रमण सम्पन्न भएको छ । भारतीय पुँजी बजारको नियामक निकाय सेक्युरिटी एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी) को निमन्त्रणा बोर्डका अध्यक्ष रमेश कुमार हमालको नेतृत्वको टोलीले असार २७ देखि ३१ सम्म अध्ययन भ्रमण गरेको हो । 

भ्रमणका क्रममा बोर्डका पदाधिकारीहरुले सेबी, बम्बई स्टक एक्सचेञ्ज(बि.एस.इ), नेशनल इन्स्टिच्युट अफ सेक्युरिटी मार्केटस(एन.आइ.एस.एम) र मल्टी कमोडिटी एक्सचेज अफ इण्डिया(एम.सि.एक्स.) का उच्च पदाधिकारीसँग भेटघाट तथा छलफल गरेका थिए ।  

भारतीय धितोपत्र बजारको नियमन निकाय सेबीका अध्यक्ष माधवी पुरी बुच तथा बोर्ड अध्यक्ष हमालबीच शिष्टाचार भेटघाट तथा द्धिपक्षीय सहयोग आदान प्रदान सम्बन्धमा छलफल भएको  पनि जनाइएको छ ।  सो क्रममा दुई अध्यक्षबीच आगामी दिनमा यी निकायहरु अनवरत  समन्वय र सहकार्य गरी अगाडि बढने प्रतिवद्धता व्यक्त भएको छ । 

समग्रमा यस भ्रमणबाट दुई देशका नियामक निकायबीच दीर्घकालीन समन्वय तथा सम्बन्ध स्थापित भई नेपालको धितोपत्र बजारमा आधुनिक सूचना प्रविधिको विकास तथा विस्तार भई बजारको उचित विकास र सन्तुलनमा सघाउ पुग्ने अपेक्षा गरिएको बोर्डका सहायक प्रवक्ता तेज प्रसाद देवकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप