बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रहरीका ४०२ जना लेखापालको सरुवा

मङ्गलबार, ०३ साउन २०७९, २० : ४९
मङ्गलबार, ०३ साउन २०७९

नेपाल प्रहरीका ४ सय २ जना लेखापालहरूको सरुवा गरिएको छ । मानवस्रोत विकास विभागले मंगलबार लेखापालहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि लेखापालहरूको सरुवा हुन सकेको थिएन । उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा इन्स्पेक्टर कल्पना सापकोटाको सरुवा भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा इन्स्पेक्टर दिपेन्द्र भट्ट, सिआइबीमा इन्स्पेक्टर राजेश पन्थी र प्रहरी अस्पताल महाराजगञ्जमा इन्स्पेक्टर सुरेन्द्र केसीलाई सरुवा गरिएको छ । सई निरु सुवेदीको जिल्ला प्रहरी परिसर ललितपुरको लेखापालमा सरुवा भएको छ ।  जिल्ला प्रहरी परिसर भक्तपुरमा वरिष्ठ सई नारायण तामाङ र जिल्ला प्रहरी परिसर काठमाडौंमा वरिष्ठ सई विष्णु थापालाई सरुवा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप