आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एसियन गेम्सको नयाँ मिति तय

मङ्गलबार, ०३ साउन २०७९, १९ : २४
मङ्गलबार, ०३ साउन २०७९

१९औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) को नयाँ मिति घोषणा भएको छ । चीनमा आयोजना हुने प्रतियोगिताका लागि ओलम्पिक काउन्सिल अफ एसियाले एसियन नयाँ मिति तय गरेको हो । 

अब एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना गर्ने निर्णय भएको छ । यसअघि चीनको हाङझावमा तय एसियन गेम्स २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तालिका थियो ।

तर कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो । नेपालले एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । एसियन गेम्सका लागि नेपालले पहिलो चरणको प्रशिक्षण सकिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप