बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मन्त्री चौधरीद्वारा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको निरीक्षण

मङ्गलबार, ०३ साउन २०७९, १९ : ०९
मङ्गलबार, ०३ साउन २०७९

माननीय खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयद्वारा ललितपुरको धोविघाटमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको आज निरीक्षण गरेका छन् । मन्त्री चौधरीले फोहोर पानी प्रशोधन केन्द्रमा भएका निर्माण कार्यको प्रगति, विद्यमान समस्या र समाधानका सम्भावित उपायहरुका बारेमा सम्बन्धित पदाधिकारीहरूबाट जानकारी लिए ।

धोविघाटमा रहेका दुईवटा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रमध्ये प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन क्षमताको एउटा केन्द्र को निर्माण कार्य आगामी डिसेम्बरभित्र सम्पन्न हुने चरणमा रहेको छ भने प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोर पानी प्रशोधन क्षमताकै अर्को केन्द्रको निर्माणमा भने समस्या देखिएको छ ।

त्यस अवसरमा मन्त्री चौधरीले निर्माण सम्पन्न हुने चरणमा रहेको फोहोर पानी प्रशोधन केन्द्र छिटोभन्दा छिटो सञ्चालन गर्ने गरी तयारी अगाडि बढाउन र निर्माणमा समस्या देखिएको केन्द्रको निर्माण कार्य के कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा निर्क्यौल गरी कार्ययोजना बनाई अघि बढ्न निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप