शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विचार मिल्नेसँग गठबन्धन गर्ने तीन दलको निर्णय

मङ्गलबार, ०३ साउन २०७९, १८ : २६
मङ्गलबार, ०३ साउन २०७९

सिंहदरबारमा बसेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यबीचको छलफल सकिएको छ । मंगलबार अपराह्न बसेको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । 

बैठकमा गठबन्धनलाई बलियो बनाउँने विषयमा छलफल भएको बताउँदै उनले विचार मिल्ने अरुलाई पनि गठबन्धनमा मिलाएर लैजाने बारेमा  पनि छलफल भएको बताए । बैठकमा प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वामदेव गौतमबीच सामूहिक छलफल सुरु भएको हो ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उनीहरुले छलफल गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप