आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गभर्नर बर्खास्त गर्न दबाब बढाउँदै विद्यार्थी संगठन

मङ्गलबार, ०३ साउन २०७९, १७ : ४२
मङ्गलबार, ०३ साउन २०७९

सत्ता निकट तीन विद्यार्थी संगठनले गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न सरकारलाई दवाव बढाउने भएका छन् । त्यसका लागि उनीहरुले चरणवद्ध आन्दोलनका कार्यक्रम नै घोषणा गरेका छन् ।

नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका अध्यक्षत्रय डुजाङ शेर्पा, पञ्चा सिंह र सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै साउन ३ गतेदेखि ७ गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । 
‘महाप्रसाद अधिकारी उर्फ एम. अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी राज्यको धज्जी उडाएका छन्’, संयुक्त विज्ञप्तिमा विद्यार्थीहरुले भनेका छन्, ‘सेयर कारोबार, क्रीप्टो करेन्सी जस्ता विभिन्न विवादमा मुछिएका उनी प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको अहिले प्रमाणित भएको छ ।’ 

उनीहरुले गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै साउन ३ मंगलबार प्रधानमन्त्री र प्रतिनिधिसभाका सभामुखलाई ज्ञापनपत्र बुझाउने, साउन ४ गते नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयमा सहित देशैभरिका कार्यालयहरूमा कालो ब्यानर राख्ने, ५ गते प्रज्ञा भवन डबलीमा काटुन प्रदर्शन तथा अन्तरक्रिया गर्ने । ६ गते देशैभरी क्याम्पसहरुमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने तथा ७ गते सांसदहरुलाई अवैध गभर्नर बर्खास्तबारे संसदमा कुरा उठाउन अनुरोध गर्दै सडकबाट सन्देश पठाउने कार्यक्रम सार्वजनिक गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप