शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी निर्वाचनमा एमालेले राष्ट्रिय स्तरको गठबन्धन बनाउँदैन : इश्वर पोखरेल

मङ्गलबार, ०३ साउन २०७९, १७ : ३२
मङ्गलबार, ०३ साउन २०७९

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार हरेक क्षेत्रमा असफल भएको बताएका छन् ।  प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश कमिटीले मङ्गलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास, समृद्धि, देश बनाउने सपना जागृत गर्ने विषयहरूमा सरकार नालायक सावित भएको दाबी गरेका हुन् । 

उनले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावको सवालमा सरकार चुकेको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचनमा एमालेले राष्ट्रिय स्तरको गठबन्धन नगर्ने समेत जनाए । ‘राष्ट्रिय स्तरको गठबन्धन बनाउने पक्षमा छैनौ, सम्भावना पनि छैन,’ उनले भने । स्थानीय आवश्यकता अनुसार तालमेल भने हुने उनले बताए ।

बाम गठबन्धन भनेर प्रिय लाग्ने शब्द प्रयोग गरेर मात्र नहुने नेता पोखरेलको भनाइ थियो । उनले कसैले चाहेर पनि एमालेलाई एक्ल्याउन नसक्ने दाबी गरे । सत्तामा रहेका दलहरू निर्वाचनमा गठबन्धन गरेर आए एमाले सामना गर्न तयार रहेको नेता पोखरेलको भनाइ थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप