शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा कालका बहुमत सचिवालय सदस्य छलफलमा

मङ्गलबार, ०३ साउन २०७९, ०८ : ००
मङ्गलबार, ०३ साउन २०७९

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यबीच छलफल सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र वामदेव गौतमबीच सामूहिक छलफल सुरु भएको हो ।

छलफलका लागि नेताहरू सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा पुगिसकेका छन् । उनीहरुबीच छलफलको एजेण्डा के हो भन्ने खुलाइएको छैन । यद्यपि नेताहरुबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल हुनसक्ने बताइएको छ ।  गत असार १९ गते पनि पाँच नेताबीच वार्ता भएको थियो ।

यसअघि, आजै सिंहदरबारमा प्रचण्ड र भट्टराईबीच छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप