सक्रिय सङ्क्रमित सबैभन्दा बढी काठमाडौँ जिल्लामा

person explore access_timeसाउन ३, २०७९ chat_bubble_outline0

काठमाडौँ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल सक्रिय सङ्क्रमित ११०९ जना छन् । नेपालमा महामारी सुरु भएदेखि हालसम्म काठमाडौँ जिल्लामा २ हजार ३०४ जनाको मृत्यु भएको छ ।


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले  उपत्यकाका काठमाडौँ र ललितपुर जिल्ला सङ्क्रमितको दर बढेको बताए । उनले भने, ‘काठमाडौँ धेरै अस्पताल तथा कोरोना परीक्षण गर्ने प्रयोगशालाहरू छन् । यही  काठमाडौँमै विदेश जानेहरूले कोरोना परीक्षण गराएको हुँदा सङ्क्रमण  धेरै देखिएको हुन सक्छ ।’  यस्तै ललितपुरमा  सक्रिय सङ्क्रमित १६० जना छन् भने भक्तपुर जिल्लामा ४२ जना रहेका छन् । यस्तै, ललितपुरमा नेपालमा महामारी सुरु भएदेखि कोरोना सङ्क्रमणका कारण  ७४८ जनाको मृत्यु भएको छ भने भक्तपुर जिल्लामा ४४८ जनाको मृत्यु भएको छ । 



 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।