ट्रेलरमा यस्तो देखियो प्रदीपको ‘प्रकाश’
दिनेश राउतको निर्देशन रहेको फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा फिल्मका केही मुख्य विषयवस्तुले प्रथामिकता पाएका छन् ।
विकट गाउँमा सरकारी शिक्षक बन्न संघर्ष गर्ने युवकको कथामा निर्माण भएको यो फिल्म १० भदौमा रिलिज हुँदैछ । । यसअघिका प्रेमीको रुपमा देखिँदै आएका अभिनेता प्रदीप खड्काको यसमा भिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा प्रदीपको अलवा दीया पुन, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ । फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् ।
फिल्मको सम्पुर्ण छायांकन जुम्लामा गरिएको हो । विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेको छ । राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका छन् । अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्ममा तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत रहेको छ । फिल्मलाई आरआर फिल्मस्का रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
-
ट्रम्पले जस्तो व्यावहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने
-
बङ्गलादेशमा पहिरोमा ९ जनाको मृत्यु, रोहिङ्ग्या शरणार्थी शिविरमा ८ जनाको ज्यान गयो
-
भागबण्डा मिलेपछि गण्डकी प्रज्ञा प्रतिष्ठानले पूर्णता पायाे
-
स्वास्थ्यमन्त्रीविरूद्ध टिप्पणी गरेका अधिकारी भन्छन्, ‘श्रम शोषणको आवाज दबाउन पक्राउ गरियो’
-
अर्जेन्टिनाको इतिहासमाथि धावा बोल्ने इजिप्टको सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण