ट्रेलरमा यस्तो देखियो प्रदीपको ‘प्रकाश’

दिनेश राउतको निर्देशन रहेको फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा फिल्मका केही मुख्य विषयवस्तुले प्रथामिकता पाएका छन् ।
विकट गाउँमा सरकारी शिक्षक बन्न संघर्ष गर्ने युवकको कथामा निर्माण भएको यो फिल्म १० भदौमा रिलिज हुँदैछ । । यसअघिका प्रेमीको रुपमा देखिँदै आएका अभिनेता प्रदीप खड्काको यसमा भिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा प्रदीपको अलवा दीया पुन, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ । फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् ।
फिल्मको सम्पुर्ण छायांकन जुम्लामा गरिएको हो । विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेको छ । राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका छन् । अनुप बराल कास्टिङ डाइरेक्टर रहेको फिल्ममा तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत रहेको छ । फिल्मलाई आरआर फिल्मस्का रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुण्डिराज लोकतन्त्रमा जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता हुनुहुन्थ्याे : राष्ट्रपति
-
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने
-
धादिङको परेवा भिरमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन
-
विभिन्न आपराधिक ‘मुद्दा’ झेल्दै एकीकृत समाजवादीका यी नेता
-
हेटाैँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
कर्जाको माग बढाउने गरी मौद्रिक नीति आउनुपर्छ : श्रेष्ठ