एन्फा बैठक बिहीबार
मङ्गलबार, ०३ साउन २०७९, १६ : ३७

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार हुने भएको छ । मंगलबार एन्फाले वेभसाइटमार्फत स्थगित बैठक बिहीबार बिहान ७ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने जनाएको हो ।
साधारणसभाले गत ६ असार नयाँ नेतृत्व चयन गरेपछि कार्यसमितिको दोस्रो बैठक सोमबार दिउँसो तीन बजे बस्ने तय थियो । तर, अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि बैठक अनिश्चित बनेको थियो ।
एजेन्डाबिना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको यो बैठकलाई नेपाली फुटबल जगतले विशेष चासोका साथ हेरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला