सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

स्थानीय तहमा सञ्चालन हुने आधारभूत अस्पतालका लागि दरबन्दी तोकियो

मङ्गलबार, ०३ साउन २०७९, १६ : ३४
मङ्गलबार, ०३ साउन २०७९

सरकारले पाँच, दश र पन्ध्र शय्याका आधारभूत अस्पतालहरूका लागि सङ्गठनात्मक संरचना र दरबन्दी तयार पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत गरिएको नमुना सङ्गठनात्मक संरचना र दरबन्दी तेरिज स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरिसकेको छ ।

५ शय्याको अस्पतालको लागि आठौँ तहको मेडिकल अधिकृतको नेतृत्वमा १८ कर्मचारी दरबन्दी रहने प्रस्ताव गरिएको छ । यस्तै, एक मेडिकल अधिकृतसँगै ४ जना स्टाफ नर्स र ३ जना हेल्थ असिस्टेन्ट दरबन्दी प्रस्ताव गरिएको छ ।

१० शय्याको अस्पतालमा ८ औँ तहका मेडिकल अधिकृत नेतृत्वमा २२ जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको छ भने २ मेडिकल अधिकृत, ६ स्टाफ नर्स र ४ हेल्थ असिस्टेन्ट रहने गरी दरबन्दी प्रस्ताव गरिएको हो । र पन्ध्र शय्याको अस्पतालमा ९ औँ वा १० औँ तहको मेडिकल जनरलिस्ट दरबन्दी प्रस्ताव गरिएको छ । २ मेडिकल अधिकृत, ६ स्टाफ नर्स र ४ हेल्थ असिस्टेन्टका लागि दरबन्दी प्रस्ताव गरिएको हो ।

 स्वास्थ्य मन्त्रालयले आधारभूत अस्पतालहरू सञ्चालन भएका स्थानीय तहका सम्बन्धित वडामा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रहरू सोही अस्पतालहरू समाहित गर्नुपर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप