आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

१६ अंकले नेप्से बढ्दा २ अर्ब २९ करोडको कारोबार

मङ्गलबार, ०३ साउन २०७९, १५ : ४९
मङ्गलबार, ०३ साउन २०७९

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन १६.२७ अंकले बढ्दै नेप्से सूचक २०४५.६९ अंकमा उक्लिएको हो । 

अघिल्लो दिन यस्तो सूचक १८.०३ अंकले बढ्दै २ हजार २९.४३ अंकमा अडिएको थियो । यस दिन १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । फाइनान्स समूहको उपसूचक २.७७ प्रतिशतले बढ्दा माइक्रोफाइनान्स समूहको उपसूचक १.८३ अंकले, ट्रेडिङ समूहको उपसूचक १.५९ प्रतिशतले, म्यानु एण्ड प्रो १.२४ प्रतिशतले र डेभलपमेन्ट बैंक १.१८ प्रतिशतले बढेको छ । 

यस्तै, होटल तथा पर्यटन समूहको उपसूचक १ प्रतिशतले, जीवन बीमा समूह ०.८२ प्रतिशतले, हाइड्रोपावर समूह ०.६८ प्रतिशतले, बैंकिङ समूह ०.४८ प्रतिशतले, इनभेष्टमेन्ट समूह ०.५३ प्रतिशतले, निर्जीवन बीमा समूह ०.९ प्रतिशतले, म्युचुअल फन्ड ०.०९ प्रतिशतले र अन्य समूह ०.२१ प्रतिशतले बढेका छन् । १६ अंकमाथिले बढेको बजारमा आज २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप