शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘नेपहपको श्रीपेच’ का विजेतालाई बालेनले लगाइदिए नयाँ मुकुट

मङ्गलबार, ०३ साउन २०७९, १५ : ४४
मङ्गलबार, ०३ साउन २०७९

 र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेता साइमन विष्ट (भाइबर साइमन)लाई नयाँ श्रीपेच (मुकुट) प्रदान गरिएको छ । आयोजकले मंगलबार एक कार्यक्रम गर्दै नयाँ मुकुट प्रदान गरेको हो । 

शोका जज समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले विजेता विष्टलाई नयाँ मुकुट प्रदान गरेका थिए । यसअघि प्रदान गरिएको मुकुटको विषयमा बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि मुकुट फिर्ता गरिएको थियो ।

अहिले बनाइएको मुकुट पञ्चधातुबाट बनाइएको छ । अन्तर्राष्ट्रिय हिपहपहरुले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको शोका निर्माता रोशन पोखरेलले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप