सन्तोषी माताको मन्दिरबाट सुन–चाँदीका गहना चोरेको आरोपमा ३ जना पक्राउ

काठमाडौँको नागपोखरी स्थित सन्तोषी माताको मन्दिरबाट सुन र चाँदीका गहना चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । असार २३ मा मन्दिरको ताला फोडेर करिब १२ लाख मूल्य बराबरको गरगहनाहरू चोरी भएको थियो ।
चोरी आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा घर भएकी १८ वर्षीया सबिना पराजुली, गुल्मी घर भएका २५ वर्षीय विष्णु पछाई र सर्लाही घर भएका २० वर्षीय सिद्धार्थ बुढाथोकी छन् । मन्दिरबाट चोरी भएका सिक्का र गहनाहरू आरोपीहरूको साथबाट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
चोरीमा संलग्नहरूलाई साउन १ मा पक्राउ गरेर प्रहरी वृत्त मालिगाउँले ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
चोरीका सामानहरू
१. सुनको तिलहरी थान-१ ।
२. चाँदीको करुवा थान-२ ।
३. चाँदीको सिसा दानी थान-१ ।
४. चाँदीको चुकुन्दा थान-१ ।
५. चाँदीको ऐना थान-१ ।
६. चाँदीको मुकुट थान-१ ।
७. चाँदीको पाता थान-२ ।
८. चाँदीको दियो थान-५ ।
९. चाँदीको गिलास थान-२ ।
१०. कचौरा थान-४ ।
११. चम्चा ३ थान ।
१२. अर्घ थान- १ ।
१३. चाँदीको दियो बाल्ने थान-११ ।
१४. चाँदीको लकेट थान-१ ।
१५. चाँदीको माला थान-२ ।
१६. चाँदीको बथनी थान-१ ।
१७. विभिन्न सिक्काहरू थान- १३४ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट