शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

थप ३५७ जनामा कोरोनाको संक्रमण

मङ्गलबार, ०३ साउन २०७९, १५ : २७
मङ्गलबार, ०३ साउन २०७९

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ५७ मा कोरोनाको संक्रमण देखिएको छ । ३ हजार ३२८ जनामा गरिएको नमुना परीक्षणमा आरटी पीसीआर विधिबाट २६८ जनामा र एन्टिजेन विधिबाट ८९ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या १९८२ पुगेको छ । सो अवधिमा ६२ जना निको समेत भएका छन् । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भने भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप