शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

संघीय संसद सचिवालयको बेरुजु २२ लाख ९१ हजार रुपैयाँ

मङ्गलबार, ०३ साउन २०७९, १४ : १७
मङ्गलबार, ०३ साउन २०७९

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले संघीय संसद सचिवालयमा लाखौं रुपैयाँको बेरुजु रहेको देखाएको छ । कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले संघीय संसद सचिवालयमा २२ लाख ९१ हजार रुपैयाँ बेरुजु देखाएको हो ।
सचिवालयको यो वर्ष २ करोड ३३ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको थियो । जसमध्ये, प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि २ करोड १० लाख ५८ हजार फस्र्यौट भएको थियो । प्रतिवेदनअनुसार अझै २२ लाख ९१ हजार रुपैयाँ बेरुजु बाँकी छ ।
सोमध्ये ५ लाख ६१ हजार म्याद नाघेको पेश्की छ । नेपालको संविधानको धारा ८३ मा दुई सदनसहित एक संघीय संसद रहने र धारा १०७ मा संघीय संसदको काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालयको स्थापना हुने व्यवस्था छ ।
प्रतिवेदनअनुसार संघीय संसद सचिवालयको १ अर्ब ६ करोड ४ लाख रुपैयाँको लेखापरीक्षण सम्पन्न गरिएको छ । संसद सचिवालयमा १ अर्ब ४ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये, राजश्वबाट ३० लाख, धरौटीबाट ८० लाख र अन्य कारोबारमार्फत ६४ लाख रुपैयाँ समेत संसदको बजेटमा थपिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप