सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्राइम लाइफबाट बिदा भए भट्टराई

मङ्गलबार, ०३ साउन २०७९, १४ : ०८
मङ्गलबार, ०३ साउन २०७९

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्वबाट मनोजकुमार भट्टराई बिदा भएका छन् ।  दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने नियमअनुसार भट्टराई कम्पनीबाट बिदा भएका हुन् । भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो । 

कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) चिरायु भण्डारी पनि बिदा भएका छन् । भण्डारीको दुई वर्षे करार अवधि सकिएकाले बिदा भएका हुन् । कम्पनीका कर्मचारीले सोमबार एक कार्यक्रम गरी दुवैजनालाई बिदाइ गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप