४५ खर्ब ४१ अर्ब निक्षेप सङ्कलन गर्दै वाणिज्य बैङ्कहरूको आर्थिक वर्ष ‘क्लोज’
वाणिज्य बैङ्कहरूले कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै आर्थिक वर्ष २०७८÷७९ ‘क्लोज’ गरेका छन् । असार मसान्तसम्म २६ वटा वाणिज्य बैङ्कहरूले यस्तो निक्षेप सङ्कलन गरेको वाणिज्य बैङ्कहरूको छाता संगठन बैंकर्स संघले जनाएको हो ।
समीक्षा अवधिमा बैङ्कहरूले पौने ४२ खर्ब अर्थात् ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको समेत संघले जानकारी दिएको छ । आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन मसान्तसम्ममा ४१ खर्ब २३ अर्ब निक्षेप सङ्कलन गर्दै ३७ खर्ब ६४ अर्ब लगानी गरेका बैङ्कहरूले असार मसान्तसम्ममा ४ खर्ब १८ अर्बले निक्षेप र ४ खर्ब ११ अर्बले कर्जा लगानी बढाएको संघको तथ्याङ्कले देखाएको छ ।
पहिलो त्रैमास सम्ममा ४२ खर्ब ६९ अर्ब निक्षेप सङ्कलन गरेर ३९ खर्ब ९८ अर्ब कर्जा लगानी गरेका बैङ्कहरूले दोस्रो त्रैमासको अन्तसम्ममा ४३ खर्ब ४ अर्ब सङ्कलन गरेर ४१ खर्ब ४३ अर्ब लगानी गरेका थिए । यस्तै, तेस्रो त्रैमाससम्ममा ४३ खर्ब ८९ अर्ब निक्षेप सङ्कलन गरेर ४१ खर्ब ९७ अर्ब लगानी गरेकोमा चौथो त्रैमाससम्ममा कुल ४५ खर्ब ४१ अर्ब निक्षेप सङ्कलन गर्दै बैङ्कहरूले ४१ खर्ब ७५ अर्ब कर्जा लगानी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’