सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच वार्ता
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच सिंहदरबारमा छलफल चलिरहेको छ ।
माओवादीको संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच छलफल चलिरहेको स्रोतले जनाएको छ । भट्टराई र प्रचण्डबीच यसअघि पटक पटक उपराष्ट्रपति नन्द बहादुर पुनःको निवासमा भेट भइसकेको छ ।
अध्यक्ष प्रचण्ड भारत भ्रमणबाट फर्किसकेपछि दुईजनाको यो पहिलो भेट हो । जसपाबाट कारबाहीमा पर्नु अघिदेखि नै भट्टराईले नयाँ पार्टी गठन गर्न बाटो खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पटक पटक आग्रह गर्दै आइरहेका थिए । अहिले पनि उनी जसपाबाट निस्कन चाहिरहेका छन् तर कानुनले साथ नदिएको कारण त्यहीँ अल्झिरहेका छन् ।
दल विभाजनसम्बन्धी ऐन सक्रिय बनाएर पार्टी विभाजन गर्न सहज बनाई दिन अध्यक्ष भट्टराईको आग्रह रहेको छ । स्रोतका अनुसार त्यही विषयमा दुई जनाबीच छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण