शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अब सर्वसाधारणले नारायणी नदीबाट दुःख पाउँदैनन्ः मेयर दाहाल

मङ्गलबार, ०३ साउन २०७९, १३ : ५०
मङ्गलबार, ०३ साउन २०७९

 भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अब नारायणी नदीको बाढीले सर्वसाधारणलाई दुःख नदिने बताएकी छन् । मंगलबार भरतपुर १७ मा रहेको जनकल्याण दुग्ध सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले नारायणी नदीको दिगो ढङ्गबाट तटबन्धको काम अगाडि बढेको बताइन् । 

नारायणी नदीबाट पीडित भएका नागरिक अब त्रासमा बस्नु पर्ने अवस्थाको दीर्घकालिन रुपमा समधान भएको मेयर दाहालले दाबी गरिन् ।  ‘नारायणी नदीबाट हुने जनधनको क्षति सदाका लागि अन्त्य हुँदैछ’, उनले भनिन्, ‘विगतमा वर्षातको समयमा टालटुल पार्ने काम हुन्थ्यो । ५० लाखभन्दा बढीको काम हुन्थिएन । तर अहिले पौने ५ अर्ब रुपैयाँ बजेट विनियोजन भई ४ वटा प्याकेजको ठेक्का भइसकेको छ । अब शिवघाट देखि नारायणगढ बजारसम्मको टेन्डर भइसकेको छ । बाढी रोकिएपछि तीब्र गतिमा काम अगाडि बढ्छ ।’

मेयर दाहालले मेघौली, गोलाघाट, शिवघाट हुँदै नारायणगढ बजारसम्म तटबन्धन निर्माणको काम सम्पन्न भएसँगै नारायणी छेउमा रहेका वस्तीका बासिन्दाले विगतमा जस्तो वर्षा लाग्दा चिन्तित हुन नपर्ने उल्लेख गरिन् । 
नारायणीको समस्याबारे विगतमा स्थानीय बासिन्दाले महानगरपालिकालाई ध्यानाकर्षण गरेकै कारण संघीय सरकारलाई पहल गरी यति ठूलो बजेट ल्याउन सकेको उनको भनाइ छ ।
विगतको ५ वर्ष पनि जनताको चाहना अनुसार विकासका कार्यहरुलाई अगाडि बढाएको स्मरण गर्दै मेयर दाहालले अबको कार्यकालमा जनप्रतिनिधि होस् त यस्तो होस् भन्ने उदाहरण पेश गर्ने गरी काम गर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप