शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

करारका कर्मचारी हटाउने निर्णयविरुद्ध दलहरू एकजुट

मङ्गलबार, ०३ साउन २०७९, १२ : ५०
मङ्गलबार, ०३ साउन २०७९

करारका कर्मचारी हटाउने निर्णयविरुद्ध बर्दिबासका दलहरू एकजुट भएका छन् । कर्मचारी हटाउने निर्णय पूर्ण पूर्वाग्राही र अन्यायपूर्ण भएको भन्दै आज बसेको सर्वदलीय बैठकले पुनस् स्थापनाको लागि माग गर्ने निर्णय गरेको हो ।

बर्दिबास नगरभित्रका अस्थायी कर्मचारीहरूलाई हटाउने निर्णयको आलोचना भइरहेको बेला सर्वदलीय उक्त निर्णयलाई स्वागत गरिएको छ । अन्यायपूर्ण उक्त निर्णय अबिलम्ब फिर्ता लिइ करारका कर्मचारीहरूलाई पुर्ववत काममा फर्काउने वातावरण मिलाउन सबै दलले अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एस, लोसपा लगायत दलहरूको बैठकले उद्योग बाणिज्य संघ बर्दिबास र खानेपानी तथा सरसफाईको रिक्त कार्यसमितिको बिषयमा समेत ध्यानाकर्षण जनाएका छन् ।

खानेपानी र  उद्योग बाणिज्य संघमा नेतृत्व गर्नेहरूनै जनप्रतिनिधिमा निर्वाचित भएका  हुनाले विधिअनुसार कार्यसमिति बनाइ पूर्णता दिन संयुक्त अनुरोध गरिएको छ ।

वडा नम्बर १२ का जनप्रतिनिधि तथा वडाध्यक्ष रामकिशोर साहको हातपातको बिषयमा समेत राजनीतिक दलहरूले चासो देखाएका छन् । कार्यकक्षमा नै प्रवेश गरी अध्यक्ष साहमाथि भएको साङ्घातिक हमलाप्रति निन्दा गर्दै दोषीलाई तुरुन्त कारवाही गर्न दलहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप