आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सर्वनाममा ‘सपना अनेक अनेक’ मञ्चन हुँदै

मङ्गलबार, ०३ साउन २०७९, १० : ००
मङ्गलबार, ०३ साउन २०७९

गीति नाटक ‘सपना अनेक अनेक’ मञ्चन हुने भएको छ । कालिकास्थानमा रहेको सर्वनाम थिएटरले ५ साउनदेखि यो नाटक मञ्चन गर्न लागेको हो । गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’ मा आधारित नाटकको परिकल्पना तथा निर्देशन अशेष मल्लले गरेका छन् । नाटकमा मनोज महर्जन, मिलन शाक्य, रविना परियार, शू–गूँ, भावना उप्रेती, धीरज थापा, निरीक्षा घतानी आदि कलाकारले अभिनय रहने छ । 

आगामी २१ गतेसम्म मञ्चन हुने नाटकमा राजु सिंहको संगीत, सत्यराज आचार्य तथा बानिका प्रधानको गायन छ भने प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी छ । 
नाटक प्रत्येक दिन साँझ ५ः३० बजे र शनिवार दिउँसो १ बजे अतिरिक्त शो समेत हुने सर्वनाम थिएटरले जनाएको छ । नाटकका लागि अन्यलाई तीन सय रुपैयाँ  र विद्यार्थीलाई दुई सयको टिकटको ब्यवस्था गरिएको छ । सर्वनामले आफ्ना ४ दशकको इतिहासमा पहिलो पटक गीति नाटक प्रस्तुत गर्न लागेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप