बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीको विवाद मिलाउन तीन विकल्प तयार

मङ्गलबार, ०३ साउन २०७९, १२ : ३१
मङ्गलबार, ०३ साउन २०७९

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विवाद मिलाउन तीन विकल्प तयार भएको छ । तीन पूर्व अखिल क्रान्तिकारीका अध्यक्षको सम्मिलित समितिले विवाद मिलाउन तीन विकल्प बनाएर प्रतिवेदन तयार बनाएको हो । 

अखिल क्रान्तिकारीकी अध्यक्ष पंन्चा सिंह र अर्का विद्रोही पक्षका संयोजक पवन कार्कीसँग भेटेर छलफल गरेपनि समाधानको बाटो निकाल्न नसकिएको समितिका एक सदस्यले बताए । ‘अखिल क्रान्तिकारीको विवादका विषयमा अध्ययन गर्नेक्रममा दुबैपक्षलाई भेटेर छलफल गरियो । सजिलै विवाद हल हुने अवस्था देखिएन’ ति सदस्यले भने, ‘त्यस्तो अवस्थामा तीन विकल्पमा विवाद समाधान हुनेगरी  बिहीबार पार्टीलाई प्रतिवेदन बुझाउँछौ ।’ जसमा पहिलो विकल्पको रुपमा सिंह नेतृत्वले कार्की नेतृत्वको संयोजकलाई कारवाही फिर्ता लिनुपर्ने छ भने कार्की नेतृत्वले आफ्नो गतिविधि बन्द गरेर दुबै पक्ष एक ठाउँमा समाधानको बाटो निकाल्ने भनिएको छ ।

यस्तै दोस्रो विकल्पको रुपमा कार्की नेतृत्वको गतिविधि बन्द गरेर उनलाई पार्टीमा उचित व्यवस्थापन गरेर निकास निकाल्ने भनिएको छ । अन्तिम विकल्पको रुपमा विशेष राष्ट्रिय सम्मेलन गरी नयाँ नेतृत्वको प्रक्रियामा जाने सुझाव तयार गरिएको छ ।

विद्यार्थीको विवाद निक्कै ठूलो भई सकेकाले प्रतिवेदन दिए लगत्तै समाधानतिर जानुपर्ने ति सदस्यले बताए । ‘सत्ताधारी पार्टीको विद्यार्थी संगठनमा विवाद हुनु राम्रो होइन । विरोधीले पनि त्यसमा मसला बनाउँछन्’ उनले भने, ‘हामीले प्रतिवेदन बुझाए लगत्तै​ विद्यार्थीको विवाद मिलाउनुपर्छ । यदी समयमै विवाद नमिलाए पार्टीलाई धेरै ठुलो क्षति हुन्छ ।’ 

अध्यक्ष सिंहले कमिटीलाई पूर्णता दिए लगत्तै​ कार्कीले समानान्तर कमिटी बनाएका थिए । त्यसपछि विद्यार्थीको विवाद पार्टीलाई समेत टाउको दुखाई भएको छ । विद्यार्थी संगठनका नेताहरुले चुनावी प्रतिस्पर्धाबाट नेतृत्वमा आउँन पाउनुपर्ने माग राखेका थिए । अन्तिममा पार्टी अध्यक्षले चुनावी प्रतिस्पर्धामा जान नदिएपछि विवाद चुलिएको हो । 

अहिले पार्टीले सजिलै विवाद हल गर्न नसकेपछि अध्ययन गर्न गत असार २५ गते बसेको माओवादी स्थायी समिति बैठकले अखिल क्रान्तिकारीको विवाद मिलाउन तीन पूर्व अध्यक्षको नेतृत्वमा समिति बनाएको थियो । जसमा पूर्व अध्यक्ष एवम् पोलिटब्युरो सदस्य रमेश मल्ल सहित केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने, रत्न ढकाल  छन् । उनीहरुलाई सात भित्र विवाद समाधान हुनेगरी प्रतिवेदन तयार गर्न निर्देशन दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप