आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

७५ हजार डलर पुरस्कार राशिको ‘मेरो भ्वाइस र डान्स यूनिभर्स’ घोषणा

मङ्गलबार, ०३ साउन २०७९, १२ : ११
मङ्गलबार, ०३ साउन २०७९

एकसाथ दुई रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ घोषणा भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच घोषणा भएको शो इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा हुन लागेको हो । नेपालमै सर्वाधिक ठूलो धनराशि भनिएको शोमा विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागीता रहने जनाइएको छ । 

‘मेरो भ्वाइस यूनिभर्स’ का विजेताले ७५ हजार डलर पुरस्कार पाउनेछन् । यस्तै, फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि ७५ हजार डलर पुरस्कार पाउनेछन् । यो शोको फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउने कार्यक्रममा फाउन्डेसन अध्यक्ष डिल्ली अधिकारीले  जानकारी जानकारी दिए ।
‘यो कार्यक्रम आयोजना गरेर हामीलाई कुनै पनि नाफा कमाउनु छैन । विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई एक सूत्रमा बाँध्ने र उनीहरुलाई नेपाली भाषाको बारेमा सधै नै सजग गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो,’ उनले भने ।

यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन् । अगष्ट महिनादेखि सुरु हुने अडिसन डिसेम्बर ३१, २०२२ सम्म जारी रहने पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले जानकारी गराए । 

यस्तै, जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ । अधिकारीका अनुसार, नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलमा अडिसन हुनेछ । यस्तै, क्यानडा र अमेरिकामा भने १–१ स्थानमा अडिसन गरिनेछ । यी बाहेक अन्य देशमा प्रतिस्पर्धीको संख्याको आधारमा अडिसन हुने बताइएको छ । फेब्रुुअरी २८ तारिखसम्म फिल अडिसन सकेर साइटलेस अडिसनका लागि छनोट भएका प्रतिस्पर्धीलाई नेपालमा ल्याउने इन्ट्रा फाउन्डेशनका अध्यक्ष अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप