नीर शाहसहित दर्जन कलाकर्मी सम्मानित
वरिष्ठ कलाकार नीर शाह सहित करिब दर्जन कलाकर्मी एकसाथ सम्मानित भएका छन् । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले ‘मेरो भ्वाइस युनिभर्सल’ र ‘मेरो डान्स युनिभर्सल’ घोषणा गर्न सोमबार साँझ राजधानीमा आयोजना गरेको कार्यक्रममा सबै कलाकर्मीलाई एकसाथ सम्मान गरिएको हो ।
शो अवसरमा सम्मानित हुनेमा भुवन केसी, निर्मल शर्मा, दीपाश्री निरौला, प्रियंका कार्की, सुशिल नेपाल, लक्ष्मण पौडेल, कुमार कार्की, दुर्गा प्रसाद पाण्डे, ज्ञानेन्द्र राज देवकोटा र माधव खरेल लगायत रहेका छन् ।
कार्यक्रममा कलाकार किरण केसीले ‘मैले रक्सी छोडी सके’ बोलको गीत गाएर दर्शक नचाएको कार्यक्रममा गायक पुष्पन प्रधान, शिव परियारले समेत गीत गाएका थिए । उक्त अवसरमा नेपाली वीरहरूको वीरता झल्कने डान्स समेत प्रस्तुत गरिएको थियो । इन्ट्रा फाउन्डेशनले अहिले ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए’ आयोजना गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी