पुटिन आज इरान भ्रमणमा, रइसी र अर्दोआनसँग भेटघाट गर्ने
मङ्गलबार, ०३ साउन २०७९, १० : ३४
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन एक शिखर सम्मेलनका लागि आज तेहरान जाँदैछन् ।
यसलाई एक निकै महत्वपूर्ण भ्रमण मानिँदैछ । तेहरानमा उनी आफ्ना इरानी समकक्षी इब्राहिम रइसी र टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनसँग सिरिया शान्ति शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
युक्रेनमा भएको आक्रमणपछि राष्ट्रपति पुटिनको यो दोस्रो विदेश भ्रमण हो, जसले रुस र इरानबीच बढ्दो कूटनीतिक न्यानोपनलाई झल्काउँछ ।
इरान र रुस दुवैले पश्चिमी प्रतिबन्धको सामना गरिरहेका छन् ।
बेलायतमा रहेका इरानी पत्रकार मेहदी अली याजदानीका अनुसार पुटिनको भ्रमणको एउटा महत्वपूर्ण एजेण्डा इरानबाट सशस्त्र ड्रोन खरिद गर्नु पनि हो ।
सायद यसै कारणले सोमबार अमेरिकाले तेहरानले रुसलाई सयौं ड्रोन पठाउने तयारी गरिरहेको दाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्मी सन्राइज बैंकले ५ प्रतिशत बोनस शेयर वितरण गर्ने
-
इजरायली ड्रोन आक्रमणमा ३ प्यालेस्टिनीको मृत्यु
-
मधेस प्रदेशसँग १२९ रनको अग्रता लिँदै पुलिस क्लबद्वारा पाली समाप्तिको घोषणा
-
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
-
मण्डलामा अब ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने
-
बिहान कफी पिउनुस्, घट्न सक्छ मृत्युको जोखिम