अस्ट्रेलियाको डढेलोमा ३ अर्ब जनावर मारिए : प्रतिवेदन

person explore access_timeसाउन ३, २०७९ chat_bubble_outline0

डढेलो, खडेरी, बासस्थानको विनाश र ग्लोबल वार्मिङले अष्ट्रेलियाको अनौठा वन्यजन्तुको विनाश भइरहेको सरकारले सार्वजनिक गरेको एक प्रतिवेदनले जनाएको छ । डढेलो र खडेरीले थप प्रजातिहरू लोप हुने दिशामा रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।  


वातावरणीय अवस्थाको पाँच–वार्षिक प्रतिवेदनले भूमि र समुद्रमा वैज्ञानिकहरूले चित्रण गरेको वनस्पति र जीवजन्तुको ‘खराब र बिग्रँदै गएको’ अवस्थालाई उल्टाउन नाटकीय कार्यको लागि आह्वान गरेको छ ।



२० औं शताब्दीको सुरुदेखि नै अस्ट्रेलियाको औसत जमिनको तापक्रम १ दशमलब ४ डिग्री सेल्सियस तातो बनाउने जलवायुले क्षति पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ ।  ‘दबावलाई पर्याप्त रूपमा व्यवस्थापन गर्न नसक्दा प्रजातिहरू लोप हुने क्रम जारी रहनेछ’ वैज्ञानिकहरूले प्रतिवेदनमा चेतावनी दिएका छन् । 



अष्ट्रेलियाका वातावरणमन्त्री तान्या प्लिबर्सेकले यो ‘चकित पार्ने दस्तावेज’ भएको बताइन् । उनले अगाडि थपिन्, ‘यसले अष्ट्रेलियाको वातावरणमा संकट र गिरावटको कथा बताउँछ’, उनले भनिन् । 

पूर्ववर्ती कन्जरभेटिभ सरकारको नेतृत्वमा डिसेम्बर २०२१ मा रिपोर्ट प्राप्त भए पनि त्यो सार्वजनिक नभएको वामपन्थी लेबर पार्टीका सदस्य प्लिबर्सेकल बताइन् । मे महिनामा अस्ट्रेलियामा निर्वाचन सम्पन्न भएको थियो ।

अस्ट्रेलियामा सन् २०१९ देखि सन् २०२० को ‘बुस फायर’मा  ८० लाख हेक्टर भन्दाबढी देशी वनस्पति जलेको र १ देखि ३ अर्ब जनावर मारिएको , जसमध्ये केही विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ ।

सन् १९९० यता लाखौं हेक्टर प्राथमिक वन फडानी गरिएको प्रतिवेदनमा उल्लेख छ । अस्ट्रेलियाको वातावरण संरक्षण कानुन मूल्यांकन नगरी सन् २००० र २०१७ को बीचमा खतरामा परेका प्रजातिको ७० लाख हेक्टरभन्दा बढी बासस्थान खाली गरिएको थियो । 

पाँच वर्षमा अष्ट्रेलियाको वातावरणीय कानुन अन्तर्गत खतरामा परेका प्रजातिहरूको सूचीमा राष्ट्रिय महत्वका २०० भन्दा बढी वनस्पति र जनावरका प्रजातिहरू थपिएका छन् ।  ‘अष्ट्रेलियाले अन्य कुनै पनि महादेशको तुलनामा धेरै स्तनधारी प्रजातिहरू गुमाएको छ’, प्रतिवेदनमा भनिएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।