लुम्बिनी विकास बैंकको सीईओमा पुनः बोहरा
मङ्गलबार, ०३ साउन २०७९, १० : २८
लुम्बिनी विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः नरेश सिंह बोहरा नियुक्त गरेको छ। साउन २ देखि लागु हुने गरी बैंकले ४ बर्षे कार्यकालका लागि उनलाई नियुक्त गरेको हो ।
नियुक्तिपछिको पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवीण कृष्ण श्रेष्ठ, बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरू लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
बोहराले सो बैंकमा आफ्नो पहिलो कार्यकालमा उल्लेख्य सफलता हासिल गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनको कार्यकालमा चुक्ता पु‘जी २.१० अर्बबाट बृद्धि भएर ३.२८ अर्ब पुगेको बैंकले जनाएको छ । बैंकको निक्षेप २२.९६ अर्बबाट बृद्धि भएर ४५.१४ अर्ब पुगेको छ भने कर्जा लगानी २२.७५ अर्बबाट बृद्धि भएर ४१.१३ अर्ब पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र