बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सम्बर्धनवादी धार राष्ट्रको मुल धार बन्नेछ : कमल थापा

मङ्गलबार, ०३ साउन २०७९, १० : १४
मङ्गलबार, ०३ साउन २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीतिमा अहिले सम्बर्धनवादीहरु कमजोर भएपनि अन्तत सोही धार राष्ट्रको मुल धार बन्ने दावी गरेका छन् । 

‘सम्बर्धनवादी अर्थात धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्र निर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजोर भएको देखिन्छ । तर अन्ततः यही विचार नै राष्ट्रको मुल धार बन्नेछ’, अध्यक्ष थापाको भनाइ छ । 

सामाजिक सञ्जालमा मंगलबार बिहान ट्वीट गर्दै अध्यक्ष थापाले सम्बर्धनवादी धारलाई प्रतिनिधित्व गर्ने एकमात्र दल राप्रपा नेपाल रहेकोमा गर्व लागेको पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप