बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
मङ्गलबार, ०३ साउन २०७९, ०९ : ५७
![बसको ठक्करबाट साइकल यात्रीको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/accident_wwoJveKHtA.jpg)
कैलालीमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । सोमबार कैलालीको गौरीगंगा नगरपालिका–१ चौमालामा बसको ठक्करबाट घाइते भएका साइकल यात्री खडक थापाको आज बिहान धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९६९३ नम्बरको सुदुरपश्चिम यातायातको बसले ठक्कर दिइ घाइते भएका थापाको आज उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका १ पुष्पलाल चोक बस्ने वर्ष ४३ का दीप श्रेष्ठले चलाएको बसले साइकल यात्रीलाई ठक्कर दिएको हाे । बस र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि भ्यालेन्टाइन सप्ताह सुरु : रोज डे मनाइँदै
-
योजना छनोटमा हुने बेथिति रोक्न कानुन बनाउँदै कर्णाली सरकार
-
सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, वार्षिक ४५ लाख आम्दानी
-
लिभरपुल इएफएल कपको फाइनलमा
-
कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
-
पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला देशभरको मौसम ?