सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियन महिला फुटबलर केर पहिलो पटक इए स्पोर्ट्समा

मङ्गलबार, ०३ साउन २०७९, ०९ : ०२
मङ्गलबार, ०३ साउन २०७९

अष्ट्रेलियन तथा इङ्ग्लिस क्लब चेल्सीका स्ट्राइकर साम केर फिफा इलेक्ट्रोनिक्स आर्टस (इए स्पोर्ट्स) गेम्समा कभर हुने पहिलो  महिला खेलाडी भएकी छिन् । अष्ट्रेलियन महिला खेलाडी केर र  फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का केलियन एम्बाप्ले फिफा २०२३ को कभरमा देखिएका छन्  ।

केरले सन् २०२१(२२ महिला सुपर लिगमा सर्वाधिक गोलकर्ता हुँदै गोल्डेन बुट जितेकी थिइन् । उनले प्रतियोगितामा २० गोल गरिन् । उनको सहयोगमा चेल्सी महिला सुपर लिग र एफए कपको उपाधि जित्न सफल भयो । 

केरले  सन् २०२१(२२ को पीफए प्लेयर्स अफ द इयर र महिला राइट्स एसोसिएसन (एफडब्लुए) अवार्ड जितेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप