शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बोरिस जोनसन नेतृत्वको सरकारले जित्यो विश्वासको मत

मङ्गलबार, ०३ साउन २०७९, ०६ : ३५
मङ्गलबार, ०३ साउन २०७९

बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ ।  चुनाव गराउनबाट बच्न सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले  मन्त्रीहरूको समर्थनमा मतदान गरे । विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गरेको छ । सेप्टेम्बरको सुरुमा  कन्जरभेटिभ पार्टीले आफ्नो उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्री रहने जोनसनले बताउँदै आएका छन् । 

जोनसनले कन्जरभेटिभको संसदीय दलको नेताबाट राजीनामा दिइसकेकाले अर्को नेता नचुन्जेल उनी पार्टीको कामचलाउ नेताको रुपमा रहेका छन् । 
कन्जरभेटिभ नेता छान्ने पक्रिया सुरु भइसकेको छ ।

विपक्षीले जोनसनलाई अविश्वासको प्रस्तावमार्फत हटाउनुपर्ने जनाएको थियो । तर, उनले राजीनामा दिने बताइसकेको र संसदीय दलको नेताबाट पनि हटिसकेकोले तत्काल पदमुक्त गर्नु नपर्ने कन्जरभेटिभले बताउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप