आजबाट काठमाडौंमा कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खाेप लगाइने
मङ्गलबार, ०३ साउन २०७९, ०६ : ३०
![आजबाट काठमाडौंमा कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खाेप लगाइने](https://rpcdn.ratopati.com/media/albums/BUSTER_KHOP_16_BQ04OxEfQb.jpg)
आजबाट काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
आजबाट ६ गतेसम्म बुस्टर खोप अभियान सञ्चालन हुनेछ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाडौंका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरले सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री भन्छन्– पैसा लुकायो भन्ने उही हो, राघेराघे, पाटेपाटे, ध्वाँसेध्वाँसे !
-
ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबिच ऊर्जा विकासका विषयमा छलफल
-
धर्तीबाट मंगलको यात्रा ३० दिनमै होला त पूरा ?
-
अभिभावकमाथि अश्लील टिप्पणीको मुद्दा : बयान दिन चोकी पुगिन् अपूर्वा
-
एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफा ४०० प्रतिशतले बढ्यो
-
सामाजिक सञ्जाल विधेयकविरुद्ध सडकमा नेविसंघ