शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतमा राष्ट्रपति निर्वाचन सम्पन्न, २१ जुलाईमा मतपरिणाम आउने

सोमबार, ०२ साउन २०७९, २३ : २७
सोमबार, ०२ साउन २०७९

भारतमा राष्ट्रपति पदका लागि भएको निर्वाचन सम्पन्न भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार राष्ट्रपति निर्वाचनमा ४८०० मतदाता रहेकोमा ४७९६ जना अर्थात ९९ प्रतिशतले मतदान गरेका छन् । आयोगका अनुसार ११ राज्य र केन्द्र शासित प्रदेशमा शतप्रतिशत मतदान भएको छ । यस निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले आदिवासी नेतृ द्रौपदी मुर्मुलाई उम्मेदवार बनाएको छ ।

भाजपाका पूर्व नेता यशवन्त सिन्हा विपक्षी दलबाट उम्मेदवारी दिएर चुनाव लडेका छन् । निर्वाचनमा भाजपा नेतृत्वको गठबन्धनकी उम्मेदवार मुर्मु विजय निकट रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । उनलाई एनडीए र सबै विपक्षी दलहरूको समर्थन रहेको छ ।  नयाँ राष्ट्रपतिको मत परिणाम र नाम जुलाई २१ मा सार्वजनिक हुनेछ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप