शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

डिशहोममा १ वर्षको रिचार्ज गर्दा शुक्लाफाँटा नगरपालिकाका पन्तले जिते नगद एक लाख

सोमबार, ०२ साउन २०७९, २१ : ०५
सोमबार, ०२ साउन २०७९

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् । 

यसै क्रममा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का निवासी रमेश पन्तले रु एक लाख जितेका छन । केदार ट्रेडिङको डिलर अन्तरगत रहेको झलारी कन्चनपुरका सह—बितरक संगम ट्रेडर्स सप्लायर्सका डिलर दाई के.पि पाण्डेकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

 डिसहोमको तर्फबाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रडिङका प्रोप्राइटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमाल बाट जितेका  पुरस्कार रकम हस्तान्तरण गरे । विजेता पन्तलाई हार्दिक वधाई दिदै सम्पूर्ण डिसहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप