आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी अधिकृतलाई फ्रेन्च भाषा सिकाइँदै

सोमबार, ०२ साउन २०७९, २१ : ००
सोमबार, ०२ साउन २०७९

सशस्त्र प्रहरीका अधिकृतहरूलाई लक्षित गरी फ्रेन्च भाषा प्रशिक्षण कक्षा सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा सोमबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सो प्रशिक्षण कार्यक्रमको उद्घाटन गरे ।

पौडेलले फ्रेन्च भाषाको आवश्यकता र महत्त्व दिनानुदिन बढ्दै गइरहेको चर्चा गर्दै संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा तैनाथीको लागि जाने सशस्त्र प्रहरी कर्मचारीहरुलाई लक्षित गरी फ्रेन्च भाषामा दक्ष बनाउँदै लैजाने संगठन प्रमुखको उद्देश्य अनुरूप उक्त प्रशिक्षण  कक्षा सञ्चालन गरिएको बताए ।

त्यस अवसरमा एलायन्स फ्रँसेका डेपुटी डाइरेक्टर प्रवीण राणाले फ्रेन्च भाषाको महत्त्व तथा आवश्यकता माथि प्रकाश पार्दै सशस्त्र प्रहरी बल नेपाल र फ्रान्सेली संस्थाबीच समझदारी गरी उक्त भाषा प्रशिक्षण कक्षा सुरु गरिएको बताए ।

उक्त फ्रेन्च भाषा प्रशिक्षणमा ४ जना सशस्त्र प्रहरी उपरीक्षकसहित कुल ४० जना सशस्त्र प्रहरी अधिकृत तथा जुनियर अधिकृतहरूको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप