शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एसिया क्षेत्र भेलामा मन्त्री कुँवरलाई निम्ता

सोमबार, ०२ साउन २०७९, १९ : २१
सोमबार, ०२ साउन २०७९

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्री केसी लगायतका पदाधिकारीहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा पदाधिकारीहरूले संघले नेपाल सरकार र सरोकारवालाहरूको सहकार्य समन्वयमा वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको विषयमा भइरहेका गतिविधि तथा हाल विद्यमान रहेका समस्याहरू बारे ध्यानाकर्षण समेत गराए । 

संघले कोभिड-१९ बेला श्रमिकहरूलाई गरेका उद्धार तथा राहत  कार्यक्रमहरूका बारेमा जानकारी दिएका थिए । त्यसै गरी,  वैदेशिक रोजगारमा गएका र प्राकृतिक रूपमा ज्यान गुमाउनु परेका श्रमिकको परिवारले २० लाख रुपैयाँ पाइरहेकोमा उक्त बिमाको रकमलाई कम्तीमा ५० लाख बनाउनको नीति ल्याउन सुझाव दिनुका साथै वैदेशिक रोजगारीलाई लक्षित गरेर खडा गरिएको १० अर्बको लगानी बारेमा पनि जानकारी गराए । 

संघले थाइल्याण्डमा आयोजना हुन लागेको ९ औँ एसिया क्षेत्र भेलामा प्रमुख आतिथ्यको लागि अनुरोध गर्दै निमन्त्रणा पत्र मन्त्रीलाई दिएका थिए । मन्त्री कुँवरले संघले वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रमा गरेका कार्यहरू प्रति धन्यवाद प्रकट गरेका थिए । साथै, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रलाई  सुरक्षित मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकार कटिबद्ध रहेको जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप