बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सोमबार, ०२ साउन २०७९, १९ : १५
सोमबार, ०२ साउन २०७९

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले साधारण समूह, लेखा उप–समूहतर्फको सशस्त्र प्रहरी उपरीक्षक पदबाट सोही उप– समूहको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका होम ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । मन्त्रीस्तरको असार २८ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा सोमबार आयोजित एक समारोहका बीच अर्यालले ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप