सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा १७ लाख सवारीसाधनको व्यवस्थापनमा १६ सय ट्राफिक

एक वर्षमा ५ लाख सवारीसाधन कारवाहीमा
सोमबार, ०२ साउन २०७९, २२ : ००
सोमबार, ०२ साउन २०७९

काठमाडौं उपत्यकाका ३ जिल्लामा ट्राफिक प्रहरीले एक वर्षमा ५ लाख ४ हजार सवारी साधनलाई कारवाही गरेको छ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्ममा कारवाहीबापत ३३ करोड १३ लाख राजस्व संकलन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी मीरा चौधरीले सोमबार आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएकी छिन् ।

गत आर्थिक वर्षमा धेरै भाडा लिएको कसुरमा १० हजार २९५ सवारीसाधन कारवाहीमा परेका छन् । उपत्यकाबाट नियन्त्रणमा लिइएका कागजात जरिवाना तिरेर ३० ठाउँबाट लिन सकिनेगरी प्रविधि विस्तार गरिएको छ । गत आर्थिक वर्षमा १० ठाउँमा 'किअस्क' मेशिन जडान गरिएको छ ।

काठमाडौं उपत्यकामा दैनिक १७ लाख सवारी साधन गुड्छन् । तर, उपत्यकामा जम्मा १६ सय ट्राफिक प्रहरी कार्यरत रहेको डीआईजी चौधरीले बताइन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्,‘१६ सय ट्राफिकले दैनिक १७ लाख सवारी व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।’

ट्राफिक व्यवस्थापनका लागी उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका २२ ठाउँमा २४ घण्टा प्रहरी परिचालन गर्न थालेको छ । ३ सय २६ ठाउँमा अस्थायी ड्युटीमा प्रहरी परिचालन गरिएको छ । एकजना ट्राफिक प्रहरीले दैनिक १० घण्टा ड्युटी गर्ने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्राथमिकतामा पार्किङ व्यवस्थापन

केही दिनअघि मात्र उपत्यका ट्राफिक प्रहरीको कमाण्ड समालेकी चौधरीले आफ्नो प्राथमिकता पार्किङ व्यवस्थापन भएको बताइन् । उपत्यकामा भीड हुने ठाउँको भवनको अन्डरग्राउण्डमा पार्किङ पसल, डिस्को र गोदामघरमा परिणत भएको उल्लेख गर्दै उनले भनिन्,‘स्थानिय निकायसँग समन्वय गरेर पार्किङको स्पेश बढाउने योजनामा काम गरिरहेको छु ।’

दरबारमार्ग र जनसेवा जस्ता ठाउँमा पार्किङ स्पेश भएपनि व्यवस्थापन नभएको बताउँदै चौधरीले बाटोमा पार्किङ गर्दा समस्या बढेको उल्लेख गरिन् । उपत्यकामा ट्राफिक प्रहरीले  पिक आवरमा ट्राफिक लाइट बन्द गरेर सवारी पास गराउँदै आएको छ । ट्राफिक लाइटको वैज्ञानिक व्यवस्थापन नहुँदा त्यसो गर्नुपरेको चौधरीको भनाइ छ ।

उपत्यकाको जाम नियन्त्रणका लागि कतिपय ठाउँका करिडोर सडक मर्मत गर्नुपर्ने डीआईजी चौधरीले बताइन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी चालकले ठग्ने गरेको गुनासो आएपछि सो ठगी नियन्त्रणका लागि अपरेशन शुरु गरेको पनि जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप