बेन स्टोक्सले लिए एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यास
सोमबार, ०२ साउन २०७९, १७ : ५३
इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीका खेलाडी वेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । स्टोक्सले सोमबार सामाजिक सञ्जालमा एक पोष्ट हाल्दै सन्यासको घोषणा गरेका हुन् । उनले आइतबार मात्र भारतविरुद्ध एकदिवसीय क्रिकेट खेलेका थिए ।
उनले अब एकदिवसीय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् । उनले सन्यास घोषणा गर्दा आफूलाई निकै नरमाइलो लागेको बताएका छन् । ‘यो निर्णय लिन मलाई निकै गाह्रो भएको थियो । मैले मेरो टोलीसँग लामो समय बिताएको छु । इङ्ल्यान्डको जर्सी लगाएर खेल्न नै मेरो लागि खुसीको क्षण हो । मैले मेरो टिमका लागि एक दिवसीयमा यतिनै दिन्छु भन्ने लागेको थियो,’ स्टोक्सले भने ।
उनले यो अवस्थामा आफूले खेलिराखे अर्को खेलाडीको ठाउँ ओगटे जस्तै हुने भएकाले छिटै यो निर्णयमा पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो